फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी वर्ष दक्षिण एशिया क्षेत्रको आर्थिक वृद्धि दर 6.9 प्रतिशत हुने

(GMT+08:00) 2018-01-17 16:23:50

चीनको वाणिज्य मन्त्रालयको वेभसाइटले जनवरी पन्ध्र तारिख जनाए अनुसार, विश्व बैंकले दक्षिण एशिया क्षेत्रको सन् 2018 को आर्थिक वृद्धि दर 6.9 प्रतिशत हुने अनुमान गरेको छ। सन् 2018 मा दक्षिण एशिया क्षेत्रमा उपभोग्य शक्ति वृद्धि हुनुका साथै निर्यात पुनरुत्थान हुने र नीतिको सुधार तथा पूर्वाधार निर्माणको कारणले गर्दा लगानी पनि पुनरुत्थान हुने विश्व बैंकले अनुमान गरेको छ।

शक्तिशाली उपभोग र पूर्वाधार निर्माण आदि सार्वजनिक खर्च वृद्धिको कारणले सन् 2018—2019 र 2019—2020 आर्थिक वर्षको आर्थिक वृद्धि दर क्रमशः 7.3 प्रतिशत र 7.5 प्रतिशत वृद्धि हुने छ।

आन्तरिक आवश्यकता र निर्यात पुनरुत्थानको कारणले सन् 2018 र सन् 2019 मा भारतवाहेक अरु दक्षिण एशिया मुलुकको आर्थिक वृद्धि दर 5.8 प्रतिशत र 5.9 प्रतिशत हुनेछ। यसका साथै वेभसाइटले दक्षिण एशिया क्षेत्रको आर्थिक विकासको मुख्य समस्या आन्तरिक खतरा रहेको पनि उल्लेख गरेको छ। यीमध्ये दक्षिण एशिया मुलुकका व्यवसाय र मौद्रिक विभागको सुधारमा कठिनाई र प्राकृतिक प्रकोप आदि कारण रहेका छन्।

जानकारी तथा लेखहरु