फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा चिनियाँ लेखक, कृतिहरूको फैलावट सम्बन्धी डाटा भण्डारण

(GMT+08:00) 2018-01-17 16:28:41

नयाँ शताब्दीमा चिनियाँ आधुनिक लेखकहरू, कृतिहरू विदेशमा फैलावट डाटा भण्डारण स्थापित समारोह अर्थात् पहिलो सांस्कृतिक आत्म-विश्वास तथा साहित्य फैलावट मञ्च जनवरी १७ तारिख पैचिङमा आयोजित भएको छ। चिनियाँ संस्कृति अनुवाद तथा समर्थन नेटवर्क(सी.सी.टी.एस.एस.) तथा चिनियाँ लेखक संघको उपन्यास पत्रिकाको संयुक्त संयोजनमा स्थापित यस डाटा भण्डारणमा १०० जना आधुनिक वरिष्ठ चिनियाँ लेखकको जानकारी, प्रतिनिधित्व कृतिहरू, सम्बद्ध भिडियोहरूलाई समेटिएर ती सामग्रीहरूलाइ अरबेली, अंग्रेजी, फ्रान्सेली, नेपाली लगायत १० किसिमका भाषामा अनुवाद गरिने छ जुन विश्वभरिका पाठकहरू वा दर्शकहरूसमक्ष वरिष्ठ चिनियाँ लेखक र उनीहरुका कृतिहरूको परिचय दिइने छ।

संयोजक चिनियाँ संस्कृति अनुवाद तथा समर्थन नेटवर्क(सी.सी.टी.एस.एस.)का जिम्मेवार व्यक्ति स्यु पाउ फङले यस्तो डाटा भण्डारण स्थापित भएको कारणबारे जानकारी दिँदै भन्नुभएको छः विदेशमा चिनियाँ संस्कृतिबारे बुझाइ अस्पष्ट र चिनियाँ लेखक समूह भन्ने विचार नभएको वा चिनियाँ साहित्य कृतिहरूको नक्शा पनि नभएको वर्तमान अवस्थालाई सुधार गर्नको लागि हामीले यसै डाटा भण्डारण स्थापित गरेका हौँ। चिनियाँ साहित्यको जानकारी दिने यस्तो तरिका तथा परिधि पहिलोपल्ट सिर्जना गरिएको हो र यो नै चिनियाँ संस्कृति विश्वमा पुर्याउने हाम्रो प्रयास पनि हो।

सो दिन डाटा भण्डारण स्थापित समारोहपछि पहिलो सांस्कृतिक आत्म-विश्वास तथा साहित्य फैलावट मञ्च पनि आयोजित भएको छ। सांस्कृतिक आत्म-विश्वास तथा साहित्यको फैलावट शीर्षक सो मञ्चमा चिनियाँ लेखक संघका उपाध्यक्ष यान चिङ मिङ, चिनियाँ साहित्य पुरस्कार लु स्युन साहित्य पुरस्कार तथा माउ तुन साहित्य पुरस्कार बिजेताहरू लगायत विभिन्न विश्वविद्यालयका प्राध्यपकहरू र विद्वानहरूले भाग लिएका छन्।

जानकारी तथा लेखहरु