फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी प्रतिवेदनद्वारा केही चिनियाँ विद्युतीय कारोबार कम्पनी "कालो सूचि"मा

(GMT+08:00) 2018-01-18 16:24:01

हाल अमेरिकाले एउटा प्रतिवेदन जारी गर्दै थाउ पाउ नेटवर्क र पैचिङ स्यौ श्वै बजार लगायतका नौवटा चिनियाँ विद्युतीय कम्पनीलाई "कालो सूचिमा"मा समावेश गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता काउ फङले आज जनवरी अठार तारिख उक्त प्रतिवेदनको निष्पक्षता र विश्वासनीयता बारे शंका उठाउनुका साथै चीनले बौद्धिक सम्पदा अधिकारको संरक्षणका लागि गरेको प्रयासको निष्पक्ष रुपमा मूल्याङ्कन गर्न अमेरिकालाई ताकिता गर्नुभएको छ।

अमेरिकी वाणिज्य मन्त्रालयले सन् 2017 को वार्षिक बौद्धिक सम्पदा अधिकार संरक्षण प्रतिवेदन जारी गर्दै थाउ पाउ नेटवर्क लगायतका तीनवटा बिद्युतीय ब्यापार चौतारो र पैचिङ स्यौ श्वै बजार लगायतका छवटा वास्तविक चिनियाँ बजारलाई "कालोसूचिमा"मा समावेश गरेको छ।

प्रवक्ता काउका अनुसार, चीन सरकारले सधैँ नै बौद्धिक सम्पदा अधिकारको संरक्षण कार्यमा उच्च महत्व दिँदै आएको छ। साथै अधिकांश सम्बद्ध चिनियाँ व्यवसाय र बजारहरूले बौद्धिक सम्पदा अधिकारको संरक्षण गर्ने सन्दर्भमा धेरै काम गरेर सकारात्मक प्रगति पनि प्राप्त गरिसकेका छन्।

जानकारी तथा लेखहरु