फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 मा चीनको आर्थिक वृद्धि दर 6.9 प्रतिशत

(GMT+08:00) 2018-01-18 16:26:06
सन् 2017 मा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा 827 खर्ब चिनियाँ युआन पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 6.9 प्रतिशतले वृद्धि भएको हो। विगत सात वर्षमा चीनको आर्थिक वृद्धि दर पहिलो पटक अघिल्लो वर्षको भन्दा बढी भएको हो।

चीनको राष्ट्रिय तथ्यांक व्यूरोका प्रमुख निङ्ग ची चले आज जनवरी अठार तारिख पैचिङ्गमा सन् 2017 मा चीनको अर्थतन्त्र स्थिर भएर अनुमानभन्दा राम्रो भएको बताउनुभयो।

सन् 2017 मा चिनियाँ नागरिकको औसत आम्दानी 25 हजार 9 सय 74 युआन पुगेर 7.3 प्रतिशतले वृद्धि भएको छ। गत वर्ष चीनमा इस्पात र कोइलाको वार्षिक उत्पादन क्षमता घटाउने काम पनि पूरा भएको छ।

पछिल्लो तथ्यांक अनुसार, सन् 2017 को अन्त्यसम्म चीनको मुख्यभूमिको (हङ्गकङ्ग मकाउ थाईवान र विदेशीका चिनियाँ प्रवासीवाहेक) कूल जनसंख्या एक अर्व 39 करोड 80 हजार पुगेको छ।

जानकारी तथा लेखहरु