फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका सातै प्रदेश प्रमुखद्वारा आज राष्ट्रपतिबाट शपथग्रहण

(GMT+08:00) 2018-01-19 13:58:28

नेपाल सरकारले नियुक्त गरेका सातवटै प्रदेशका प्रमुखले आज राष्ट्रपतिबाट विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमाका अनुसार अपराह्न ३ देखि ४ बजे बीचमा उहाँहरुको नियुक्ति र शपथ ग्रहण सँगसँगै गरिएको नेपाल खबर अनलाइनले लेखेको छ।

सरकारले गत बुधबारनै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। बिहीबार सार्वजनिक बिदा परेकाले शपथग्रहण आज शुक्रबारलाई सरेको हो।

बुधबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश–१ मा डा गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई नियुक्त गरेको थियो।

जानकारी तथा लेखहरु