फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्वारा उत्तर कोरियासम्बन्धी बहुपक्षीय विदेशीमन्त्री सम्मेलन

(GMT+08:00) 2018-01-19 16:27:59

अमेरिकाले हालै क्यानाडाको भान्कुभरमा उत्तर कोरियासम्बन्धी बहुपक्षीय विदेशमन्त्री सम्मेलनको आयोजना गरेको छ। सो सम्मेलनको उत्तर कोरियाले निन्दा गरेको उत्तर कोरिया विदेशी मन्त्रालय अन्तर्गत अमेरिकी अनुसन्धान व्यूरोका प्रवक्ताले हिजो जनवरी अठार तारिख व्यक्त गर्नुभएको छ। कोरियाली प्रायद्विपको उत्तर र दक्षिण भागको सम्बन्ध र प्रायद्वीपको परिस्थितिलाई खुकुलो पारिएको अवस्थामा सारा विश्वले स्वागत व्यक्त गरिरहेको अवस्थामा अमेरिकाले उत्तर कोरियामाथि अतिक्रमण गर्ने मुलुकलाई भेला गरेर उत्तर कोरियामाथि दवाव दिने र कोरियाली प्रायद्विपमा नयाँ युद्ध गराउने विचार अमेरिकाले लिएको प्रवक्ताले बताउनुभएको छ। यसका साथै यस पटकको सम्मेलनमार्फत अमेरिकाले मौखिक रुपमा वार्ताको इच्छा लिएको तर वास्तविक रुपमा कोरियाली प्रायद्विपमा युद्ध गराउने सोच राखेको प्रवक्ताले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु