फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरानद्बारा "सान्ची" तेल जहाज दुर्घटनाबारे चीनले गरेको उद्धार कार्यको उच्च मूल्याङ्कन

(GMT+08:00) 2018-01-19 17:31:30

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज जनवरी उन्नाईस तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा "सान्ची" तेल जहाज दुर्घटना भएपछि चीनले इरानसँग सुचारु र प्रभावकारी सम्पर्क राख्दै आएको बताउँदै दुर्घटनाको उद्धार प्रक्रियामा चीनले गरेको प्रयासको इरानले उच्च मूल्याङ्कन गरेको कुरा औँल्याउनुभएको छ।

प्रवक्ता लु खाङका अनुसार, उक्त तेल जहाज दुर्घटना भएपछि चीनले इरानका सम्बद्ध विभागसँग उद्धार कार्यबारे सुचारु र प्रभावकारी रुपमा आदान-प्रदान गर्दै आएको छ। इरान सरकार, इरानी संसदका पदाधिकारी, चीनका लागि इरानी राजदुत र शाङ्गहाईका लागि इरानी महा वाणिज्य दुतले उद्धार क्रममा चीनले गरेको प्रयासको उच्च मूल्याङ्कन गरेका छन्।

जानकारी तथा लेखहरु