फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सान्ची" तेल जहाज दुर्घटनाको उद्धारमा इरान चीनप्रति कृतज्ञ

(GMT+08:00) 2018-01-19 17:32:49

इरानी श्रम, सहयोग र सामाज कल्याण मन्त्री राबईले जनवरी सत्र तारिख "सान्ची" तेल जहाज दुर्घटनाबारे इरानका लागि चिनियाँ राजदूतलाई एक पत्र पठाउँदै कृतज्ञता प्रकट गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

मन्त्री राबईले आफ्नो पत्रमा उल्लेख गर्नुभएको छ: इरानी राष्ट्रिय तेल जहाज कम्पनीको "सान्ची" तेल जहाज दुर्घटनाले इरानी मूलका नाविकको ज्यान गुमाएको कुरा निकै दुखद हो। सो दुर्घटनाबाट मृतकको परिवारजन र इरानी जनताका लागि मात्र नभई विश्वका जनताको भावनालाई गम्भीर चोट पनि लागेको छ।

उहाँले पत्रमा लेख्नु भएको छ: चीनले नाविकलाई बचाउन र आगलागी नियन्त्रण गर्नका लागि ठूलो प्रयास गरेको छ। चीन सरकार तथा चिनियाँ जनताले दुर्घटनामा इरानलाई गरेको सहयोगप्रति इरानी जनताले सधैँ याद गर्दै जानेछन्।

जानकारी तथा लेखहरु