फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साझा सुरक्षा नै आणविक अप्रसारको मूलभूत सिद्धान्त रहेको चिनियाँ प्रतिनिधिको भनाइ

(GMT+08:00) 2018-01-19 17:33:36

संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि मण्डलका कार्यवाहक राजदुत ऊ हाइ थाउले हिजो जनवरी अठार तारिख सुरक्षा परिषद्को आणविक अप्रसार समस्या सम्बन्धी खुला सम्मेलनमा आणविक अप्रसारका लागि साझा सुरक्षालाई कायम राख्नुका साथै राजनीतिक र कूटनीतिक तरिकामार्फत शान्ति तवरले समस्याको समाधान गर्नुपर्ने कुरामा जोड दिनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

राजदुत ऊका अनुसार, आणविक अप्रसार वास्तवमा सुरक्षा समस्या नै‍ हो। विभिन्न मुलुकहरूले शीत युद्धको विचारलाई त्यागेर दृढताका साथ संयुक्त राष्ट्र संघ बडा पत्रको उद्देश्य र सिद्धान्तको संरक्षण गर्नुका साथै साझा, मिलिजुली, सहयोगी र दिगो सुरक्षा दृष्टिकोण स्थापना गरी निष्पक्ष र न्यायोचित सुरक्षा प्रारुप निर्माण गर्न आवश्यक छ।

जानकारी तथा लेखहरु