फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी 19 औँ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

(GMT+08:00) 2018-01-19 19:15:47

चिनियाँ कम्युनिष्ट पार्टी 19 औँ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक यही जनवरी अठारदेखि उन्नाईस तारिखसम्म पैचिङमा आयोजना भएको छ। बैठकले संविधानका केही विषयको संशोधन गर्ने प्रस्तावको लेखाजोखा गर्दै पारित गरेको छ।

उक्त बैठकले चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको कुराले चीनको विकास हुने नयाँ ऐतिहासिक दिशा निर्दिष्ट गरेको कुरामा जोड दिएको छ। नयाँ युगको नयाँ परिस्थिति र नयाँ कार्यभार बमोजिम वर्तमान संविधानको उचित रुपमा संशोधन गर्नु ज्यादै आवश्यक रहेको कुरा पनि उक्त बैठकले जनाएको छ।

केन्द्रीय समितिका दुई सय तीनजना सदस्य र एक सय बहत्तरजना वैकल्पिक सदस्य सो पूर्ण बैठकमा सहभागी भएका छन्। केन्द्रीय अनुशासन निरीक्षण समितिको स्थायी परिषद्का सदस्य र अन्य सम्बद्ध पक्षका जिम्मेवार व्यक्ति पनि सो बैठकमा सम्मिलित भएका छन्।

जानकारी तथा लेखहरु