फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले निष्पक्ष र विवेकपूर्ण रुपमा चीनसँग व्यवहार गर्ने चीनको आशा

(GMT+08:00) 2018-01-20 14:48:45

अमेरिकाका लागि चिनियाँ राजदुताबासले हिजो जनवरी उन्नाईस तारिख अमेरिकाले सोही दिन जारी गरेको "राष्ट्रिय रणनीतिक प्रतिवेदन"मा चीनसँग सम्बन्धित रहेको विषयमा अमेरिकाले विश्व प्रवाह र जनताको साझा इच्छा बमोजिम निष्पक्ष र विवेकपूर्ण रुपमा वर्तमान विश्व तथा चीन-अमेरिका सम्बन्धको व्यवहार गर्नसक्ने आशा व्यक्त गरेको छ।

वर्तमान विश्वमा शान्ति र विकास दुवै युगको मुख्य विषय हुनुका साथै मानव जातिको साझा शुभेच्छा हुने कुरामा दूताबासले जोड दिएको छ। दूताबासका अनुसार, चीन विश्व शान्तिको निर्माता, सारा विश्व विकास हुने योगदानदाता र अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक पनि हो। चीनले शान्तिपूर्ण विकास हुने बाटोमा डटिरहनुका साथै दृढताका साथ आपसी हितयुक्त र साझा जित हुने वैदेशिक खुल्लपन रणनीति अपनाउँदै आएको छ। विश्व शान्ति र स्थिरताको संरक्षण गर्ने तथा सारा विश्वको विकास र समृद्धिलाई अघि बढाउने सम्बन्धमा चीन र अमेरिका दुवै देशले महत्वपूर्ण कर्तव्य बहन गर्दै जाने कुरा पनि दूताबासले औँल्याएको छ।

जानकारी तथा लेखहरु