फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानको काबुल इन्टरकन्टिनन्टल होटेलमाथि आक्रमण

(GMT+08:00) 2018-01-21 15:25:14

अफगानिस्तानको गृह मन्त्रालयका हिजो जनवरी बीस तारिख राति राजधानी काबुलस्थित काबुल इन्टरकन्टिनन्टल होटेलमाथि सशस्त्र समूहले आक्रमण गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

गृह मन्त्रालयले एउटा बक्तव्य प्रकाशित गर्दै उक्त आक्रमण हुँदा होटेलमा अफगानिस्तानका विभिन्न प्रान्तका सम्बद्ध पदाधिकारीहरू सहभागी भएको सूचना प्रविधि सम्मेलन भर्खरै सम्पन्न भएको थियो। आक्रमणकारी हात-हतियार बोकेर होटेलको भान्छा कोठाभित्र पसेको कुरा पनि सो बक्तव्यमा उल्लेख छ।

स्थानीय सञ्चार-माध्यमले तत्स्थानको सुरक्षा कर्मचारीलाई उद्धृत गर्दै जनाए अनुसार, हाल सुरक्षाकर्मी र सशस्त्र समूह बीच लगातार रुपमा गोली हानाहान भइरहेको छ।

हालसम्म कुनै पनि संगठन वा व्यक्तिले उक्त आक्रमणको जिम्मा लिएको छैन।

जानकारी तथा लेखहरु