फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जेरुसेलुमको सार्वभौमिकता र सीमा समस्यामा अमेरिका तटस्थ रहेको राष्ट्रपति ट्रम्पको भनाइ

(GMT+08:00) 2018-01-21 17:31:59

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मरोक्कोका राजा महमद छैटौँलाई जवाफी चिट्ठी पठाउँदै सम्झौता-वार्तामार्फत जेरुसेलुमको सार्वभौमिक समस्याको निर्णय गरिने भन्दै अमेरिकाले जेरुसेलुमको सार्वभौमिकता र सीमा समस्यामा कुनै पनि अडान नलिने कुरा औँल्याउनुभएको छ।

ट्रम्पले इजरायल र प्यालेष्टाइन बीच स्थायी शान्ति सम्झौता सम्पन्न हुनका लागि आफू सक्दो प्रयास गर्ने बताउँदै यहुदी धर्मावलम्बी, क्रिश्चियन धर्मालवम्बी र मुस्लिमहरूका लागि जेरुसेलुमको महत्वलाई पनि मान्यता दिनुभएको छ।

गत डिसेम्बरमा ट्रम्पले जेरुसेलुम इजरायलको राजधानी हो भन्ने कुरालाई स्वीकार गर्नुका साथै इजरायलका लागि अमेरिकी राजदुताबासलाई तेल अभिभबाट जेरुसेलुममा सार्ने प्रक्रियाको आरम्भ गरेको घोषणा गर्नुभएको थियो। तर अन्तर्राष्ट्रिय समाजले अमेरिकाको सो कारवाईको विरोध गरेका छन्।

जानकारी तथा लेखहरु