फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहयोगकको इन्डक्सन चुलो अझै बिक्री हुन बाँकी

(GMT+08:00) 2018-01-22 16:46:02

भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन)को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन । मुलुकमा नियमित विद्युत प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन नसकेको हो।

१२ हजार मूल्य पर्ने चुल्होलाई मूल्य घटाएर ४ हजारमा बिक्री गर्ने गरिए पनि अहिलेसम्म २५ प्रतिशतभन्दा बढी बिक्री हुन सकेको छैन। सरकारले समयमै मूल्य घटाएर बिक्री नगर्दा अनुदानको चुल्हो बिक्री हुन नसकेको हो। बजारमा यसभन्दा पनि सस्तो मूल्यका इन्डक्सन पाइने भएकाले ग्राहकको आर्कषण यसमा हुन सकेको छैन । सरकारले बिक्री खुला गरेको आठ महिना बितिसक्दा पनि ३ हजार ५ सय ३० वटामात्र बिक्री भएको नेशनल ट्रेडिङ लिमिटेडले जानकारी दिएको छ।

लिमिटेडका वरिष्ठ अधिकृत श्यामकुमार श्रेष्ठले मूल्य घटाएर बिक्री खुला गरे पनि सो चुल्होप्रति ग्राहकको आर्कषण नहुँदा बिक्री हुन नसकेको बताउनुभयो। हालसम्म ७ हजार ७ सय ७० वटा चुल्हो बिक्री हुन नसकी टेकुस्थित लिमिटेडको गोदाममा अलपत्र परेका छन्। चीन सरकारले पहिलोपटक १ हजार ३ सय र दोस्रो पटक गरेर १० हजार गरी ११ हजार ३ सय चुल्हो उपलब्ध गराएको थियो। बजार मूल्यभन्दा चार गुणा मूल्य राखेपछि लामो समयसम्म बिक्री नभइ गोदाममा थन्किएको थियो । अनुदानमा चुल्हो आएको दुई वर्ष बितिसक्दा पनि सरकारले समयमा उपयुक्त मूल्यमा बिक्री नगर्दा अहिलेसम्म बिक्री नभइ अलपत्र अवस्थामा परेको कारोबार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु