फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनको सिमसार क्षेत्रबाट ६ प्रजातिका चरा घटेको निष्कर्ष

(GMT+08:00) 2018-01-22 16:48:20

चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ। पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन यहाँ पुस अन्तिम साताबाट जलपक्षी (पानीचरा)को गणना शुरु गरिएको थियो।

चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विँडारीले हाँस प्रजातिका चरा फेला नपरेको जानकारी दिनुभयो। अघिल्लो वर्ष ५४ प्रजातिका जलपक्षीको गणना भएको थियो। यसपटकको गणनामा जम्मा ४८ प्रजातिका मात्रै पानीचरा फेला परेको विँडारीको भनाइ छ।

यहाँको अनुगमनमा कूल २१३ प्रजातिका चरा अभिलेख गरिएकामा पानीमा आश्रित भने ४८ प्रजातिको मात्रै फेला परेको हो । उहाँका अनुसार सिन्दूरे हाँस, फुर्के हाँस, हरि हाँस, सुनचुरी हाँस, सोइरोपुच्छ्रे हाँस र स्शेताखिभौँ हाँस फेला परेन। मुख्यगरी हाँस प्रजाति फेला नपरेको तर चखेवाहरु भने बढेको पाइएको छ। विँडारीले चखेवा दुई हजार ८४९, जलेवा ४२० र सिलसिले ४१० वटा फेला परेको बताउनुभयो। पानीमा आश्रित चराको सङ्ख्या पाँच हजार ५७६ र अन्य क्षेत्रमा बस्ने ६ हजार २१५ वटा चरा फेला परेको जनाइएको छ।

चितवन राष्ट्रिय निकुञ्ज र बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा चितवनमा चरा गणना भएको हो। नेपालको विभिन्न जलक्षेत्रमा ३०० स्वयंसेवक तथा चरा विज्ञहरुको सहभागिता गणना भइरहेको पक्षीविद् संघ नेपालकाका प्रमुख डा हेमसागर बरालले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालको समग्रको तथ्यांक आएपछि सरकारलाई समेत प्रतिवेदन बुझाइने गोरखापत्रले लेखेको छ।

जानकारी तथा लेखहरु