फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा घरेलु सौर्य ऊर्जा फोटोभोल्टिक पावर सिस्टम नेपाललाई औपचारिक रुपमा हस्तान्तरण

(GMT+08:00) 2018-01-22 16:48:43

चीनले बत्तीस हजार वटा घरेलु सौर्य ऊर्जा फोटोभोल्टिक पावर सिस्टम नेपाललाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ।

एक्काईस तारिख हस्तान्तरण समारोह नेपालको राजधानी काठमाण्डौंमा आयोजित भयो। नेपालका जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव रामप्रसाद लम्साल, नेपालका लागि चिनियाँ वाणिज्य काउन्सिलर फङ वै यो समारोहमा सहभागी हुनुभएको थियो।

थाहाभए अनुसार, सन् 2016को अप्रिल एक्काईस तारिख चीन र नेपालका नेताहरूको उपस्थितिमा चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका अधिकारी र नेपालको जनसंख्या तथा वातावरण मन्त्रालयका अधिकारीले "जलवायु परिवर्तनका असर सामनाका लागि उपकरण सहयोग सम्बन्धी सम्झौता"मा हस्ताक्षर गरेका थिए।

सचिव लम्सालले चीनको मद्दतप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। हाल नेपालमा धेरै क्षेत्रमा बिजुलीको कमी छ, घरेलु सौर्य ऊर्जा फोटोभोल्टिक पावर सिस्टमबाट सम्बन्धित क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु