फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानको काबुलस्थित एउटा होटलमा भएको आक्रमणमा विदेशी सहित २२ को मृत्यु

(GMT+08:00) 2018-01-22 16:49:04

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले एक्काईस तारिख जनाएअनुसार करिब दश घण्टा लामो गोली हानाहानपछि अफगानिस्तानको सुरक्षा सेनाले काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा भएको दुर्घटनालाई नियन्त्रणमा आएको जनाएको छ। अफगानिस्तानको तालिवान सशस्त्र समूहले यस प्रहारको जिम्मेवारी लिएको छ।

मन्त्रालयले चार जना आक्रमणकारीले २० तारिख राति ९ बजेतिर काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा आक्रमण गरेको बताउँदै अन्ततः सुरक्षा सेनाले होटेलबाट १६० जना अतिथि र तीमध्ये ४१ जना विदेशीको उद्धार गरेको जनाएको छ। अफगानिस्तानका आन्तरिक मामिला प्रवक्ता नाजिव तानेसले यस दुर्घटनामा चार जनाको संलग्नता रहेको र बाईस जनाको मृत्यु भएको पुष्टी गर्नुभयो। मारिएकामध्ये चौध जना विदेशी रहेका छन्।

हिजो राति युक्रेनका विदेशमन्त्री पावलो कलिमकिनले ६ जना युक्रेनका एयरलाइन्सका कर्मचारीहरु यस घटनामा मारिएको जानकारी दिनुभयो।

अफगानिस्तानका लागि चिनियाँ राजदूतले २१ तारिख एउटा वक्तव्य प्रकाशित गर्दै हालसम्म यस घटनामा कुनै चिनियाँ नपरेको बताउनुभयो।

जानकारी तथा लेखहरु