फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको व्यापार संरक्षण कदमबारे चीनको अडान

(GMT+08:00) 2018-01-23 18:29:09

अमेरिकाले विश्वव्यापी फोटोभोल्टिक उत्पादित वस्तुहरू तथा ठूलो ढाँचाका वासिङ मेशिनमाथि ४ वर्ष र ३ वर्षको संरक्षण कदम चाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २२ तारिख जनाउनुभएको छ। यसबारे चीनको वाणिज्य मन्त्रालयले ठूलो असन्तोष व्यक्त गरेको छ। वाणिज्य मन्त्रालय अन्तर्गत लेखाजोखा व्यूरोका प्रमुख वाङ ह च्युनले अमेरिकाले बहुपक्षीय नियमको पालना गर्नुपर्ने पुष्टी गर्नुभएको छ।

उहाँले बितेका केही वर्षयता अमेरिकाले फोटोभोल्टिक उत्पादित वस्तुहरू तथा ठूलो ढाँचाका वासिङमेशिनका लागि आर्थिक सहायता दिँदै आएको छ जुन व्यापारको आर्थिक सहायताको दुरूपयोग गरेको साथै सम्बन्धित उत्पादित वस्तुको विश्व व्यापारिक वतावरण बिगारेको पनि दाबी गर्नुभएको छ।

वर्तमान आर्थिक पुनरूत्थानको आधार निकै कमजोर भएकोले विभिन्न मुलुकको साझा प्रयासको आवश्यकता भएकोमा वाङले जोड दिनुभएको छ। चीनले विश्व व्यापार संगठनका अन्य सदस्यसँगै मिलेर आफ्ना हक अधिकारको संरक्षण अडानका साथ गर्ने छ।

जानकारी तथा लेखहरु