फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एउटै दिशातर्फ हिँडेर आपसी सम्बन्ध सुधार गर्नसक्ने जापानप्रति चीनको अपेक्षा

(GMT+08:00) 2018-01-23 19:55:41

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले जापानले चीनसँग एकै दिशातिर हिंडेर चीन-जापानबीच आपसी सम्बन्ध सुधार तथा विकासका लागि अघि बढ्न सक्ने आशा चीनले गरेको विचार व्यक्त गर्नुभएको छ।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचार अनुसार, जापानका प्रधानमन्त्री शिन्जो आबेले बाइस तारिख प्रतिनिधिसभामा प्रशासनिक नीति मार्फत् चीन-जापान सम्बन्ध सुधार गर्ने आफ्नो ठूलो इच्छा देखाउनुभएको थियो। उहाँले चीनसँगको स्थिर मैत्रीपूर्ण सम्बन्धको विकास गरी दुई देशका नेताबीचको आपसी भ्रमणको योजना छिटै व्यवहारिक रूपमा कार्यान्वयनमा उतार्न र चीनसँग पूर्वाधार निर्माण सहयोग गर्न इच्छुक रहेको व्यक्त गर्नुभयो। साथै जापानका विदेशमन्त्री तारो कोनोले जापानले जापान-चीन शान्तिपूर्ण मैत्री सन्धिमा हस्ताक्षर भएको चालीसौँ वार्षिकोत्सवको सुअवसर पारेर जापान-चीन जनस्तरीय आदान-प्रदानलाई बढाएर आर्थिक सम्पर्क बढाउने धारणा व्यक्त गर्नुभयो। साथै उहाँले पूर्वी चीन सागरको वर्तमान अवस्थामा परिवर्तन गर्ने कुनै पनि गतिविधि जापानले स्वीकार गर्दैन भन्ने कुरा पनि उल्लेख गर्नुभयो। त्यसको प्रतिकृयामा चिनियाँ प्रवक्ता ह्वाले जापानले आफ्नो भनाइको आधारमा कार्वाही गरी चीन-जापान सम्बन्ध सुधार गर्ने सक्रिय धारणालाई व्यवहारमा उतार्न सक्ने अपेक्षा रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु