फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको हावाको गुणस्तर विश्वकै कमजोर

(GMT+08:00) 2018-01-24 16:35:03

नेपालको हावाको गुणस्तर विश्वकै खराब भएको पछिल्लो अध्ययनले देखाएको छ। सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय ) र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको छ ।

यसले नेपाली हावाको गुणस्तर निकै खराब रहेको देखाएको छ । नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा 'पीएम २.५' (आँखाले देख्न नसकिने प्रदुषणका कणहरु) को जोखिममा रहेको रिपोर्टमा उल्लेख छ ।

समग्र 'वातावरणको स्वास्थ्य सूचकांक' हेर्ने हो भने पनि नेपालको अवस्था राम्रो देखिँदैन ।

इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको अनलाइन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु