फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

48औं विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन दाभोसमा शुरु

(GMT+08:00) 2018-01-24 19:02:40

स्थानीय समय अनुसार २३ तारिख दिउँसो 48 औं विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलन अर्थात् दाभोस मञ्च स्विट्जरल्याण्डको दाभोसमा शुरु भएको छ। विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस स्च्वाबले यस उद्धाटन समारोहलाई मुख्य संयोजन गर्नुभयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले उद्धाटन समारोहमा सम्बोधन दिनुभयो। यस पटकको मञ्चको मुख्य विषय 'भंग संसारमा एउटा साझा भविष्यको सिर्जना' भन्ने रहेको छ।

उद्घाटन समारोहमा कार्यकारी अध्यक्ष क्लाउसले आगामी चार दिनभित्र चार सय भन्दा बढी सम्मेलनमा आर्थिक दिगो विकासलाई बढाउने, समाजको मतभेदलाई हटाउने आदि विषयबारे छलफल हुने जानकारी दिनुभयो। उहाँले क्रमबद्ध विश्व समस्याको समाधान गर्नका लागि विभिन्न मुलुकले संयुक्त कारवाही अघि बढाउने, एक फरक संसारमा एक साझा भाग्य सिर्जना गर्न बताउनुभयो।

भारतका प्रधानमन्त्री मोदीले मुख्य अतिथिको रूपमा उद्धाटन समारोहमा हालै विश्वमा देखा परेको मुख्य धम्की जलवायु परिवर्तन, आतंकवाद र विश्वव्यापीकरणको प्रतिरोध रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले एक फरक संसारमा एक साझा भाग्य कसरी सिर्जना गर्ने भन्ने विषय हाल देखापरेको मुख्य समस्याको विषय भएको बताउनुभयो।

उद्धाटन समारोहपछि चीनका ऊर्जा श्रोत नीति अध्ययन केन्द्रका प्रमुख लीङ पो छ्याङले व्यापार विश्वव्यापीकरणबाट आर्थिक बाँडफाँड,"एक पेटी एक मार्ग"बाट विश्व आर्थिक अवस्था झन् प्रभावकरी र दिगो विकासको योजना साकार तुल्याउनसक्ने औंल्याउनुभयो।

थाहा भएअनुसार, ७० जना विभिन्न मुलुकका नेता तथा सरकारी प्रतिनिधिहरू र ३८ जना अन्तर्राष्ट्रिय समूहका नेताहरु लगायत तीन हजार भन्दा बढी अतिथिहरु यस पटकको मञ्चमा सहभागी भएका छन्।

जानकारी तथा लेखहरु