फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र रुसबीचको सम्बन्ध लामो समयदेखि राम्रो रहेको चीनको प्रतिक्रिया

(GMT+08:00) 2018-01-24 19:03:28

हालै अमेरिकी रक्षा रणनीति प्रतिवेदनमा चीन र रुसबीचको सम्बन्ध लामो समयदेखि साझा हितमा नरहेको उल्लेख गरेको छ। सो बारे चौब्बीस तारिख आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यीङले चीन र रुस आपसमा सबैभन्दा ठूला छिमेकी मुलुक रहेको भन्दै मुख्य उदीयमान बजार मुलुक भएको र सुरक्षा परिषदको स्थायी सदस्य मुलुक भएकाले पनि मैत्री सम्बन्धको विकास, आपसी आर्थिक विकास, क्षेत्रीय तथा विश्वको शान्ति र स्थिरताको व्यापक रुपमा साझा हित रहेको प्रतिक्रिया दिनुभएको छ।

उहाँले दुवै मुलुकले गैर-गठबन्धन, गैर-विरोध, तेस्रो पक्षलक्षित गैर प्रतिरोध, नयाँ किसिमको सम्बन्ध निर्माण र विकास गरेको बताउनुभयो। उहाँले दुवै मुलुकले ठूलो छिमेकी मुलुकबीचको शान्तिपूर्ण सहयोग तथा साझा समृद्धिको नमूना निर्माण गरेको औंल्याउनुभयो।

उहाँले केही वर्ष यता दुवै मुलुकको नेतृत्वमा चीन र रुस चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध उच्च गतिले विकसित भएको र विश्व तथा क्षेत्रीय शान्ति र स्थिरतामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु