फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दाभोस मञ्चमा मानव भाग्य समुदायको निर्माणलाई अघि बढाउनेबारे चिनियाँ प्रतिनिधिको व्याख्या

(GMT+08:00) 2018-01-25 18:04:18

विश्व आर्थिक मञ्चको 48औं वार्षिक सम्मेलन स्वीजर्ल्याण्डको दाभोसमा आयोजना भयो। चौब्बीस तारिख विहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रीय समिति, आर्थिक विभागका प्रमुख लिउ हले मञ्चमा "उच्च गुणस्तरको विकास, विश्व आर्थिक समृद्धि तथा साझा स्थिरताको प्रवर्द्धन" विषयक सम्वोधन गर्नुभएको छ।

उहाँले सम्वोधनमा गत वर्ष राष्ट्राध्यक्ष सी चिन फिङले दाभोसमा दिनुभएको सम्वोधनले अन्तर्राष्ट्रिय समाजको हार्दिक स्वागत पाएको चर्चा गर्नुभयो। उहाँले एक वर्षयता चीनले राष्ट्राध्यक्ष सीको प्रस्तावलाई सकारात्मक कार्यान्वयन गर्न आर्थिक विश्वव्यापीकरण प्रक्रियालाई अघि बढाएको बताउनुभयो।

उहाँले सीसीपीको 19औं महाधिवेशन तथा आगामी चीनको आर्थिक नीतिलाई जानकारी दिनुभयो। उहाँले यस पटकको मञ्चको मुख्य विषय "विविध विश्वको भाग्य समुदायको निर्माण" निकै महत्वपूर्ण विषय भएको बताउनुभयो। उहाँले जलवायु परिवर्तन, आतंकवादी आदि विश्वव्यापी चुनौतीहरूको सामना कुनै पनि देशले एक्लै गर्न नसक्ने बताउनुभयो।

उहाँले आपसी जानकारी, विश्वास, सबल व्यावहारिक सहयोग, आपसी सम्मान, सहयोग तथा साझा समृद्धि नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्धलाई तथा मानव भाग्यको समुदायको निर्माणलाई अघि बढाउनुपर्ने तर्क प्रस्तुत गर्नुभयो।

उहाँले यस वर्ष चीनको सुधार तथा खुलापनको चालिसौं वार्षिकोत्सव भएकोले चीनले चौतर्फी रुपमा वैदेशिक खुलापन निरन्तर गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार नियमसँग जोडिने, बजार पहुँच विस्तार गर्ने र झन् आकर्षित राष्ट्रिय लगानीको वातावरण सिर्जना गर्ने बताउनुभयो। उहाँले "एक पेटी एक मार्ग"को निर्माणलाई सकारात्मक रूपमा अघि बढाउने बहुपक्षीय व्यापारिक प्रणालीलाई कडा सुरक्षा दिने र नयाँ किसिमको अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाउँदै मानव भाग्य समुदायको निर्माणलाई प्रभावकारी बनाउनुपर्ने पनि औंल्याउनुभयो।

उहाँले बित्तीय विदेशी खुलाबारे पहिलो, चीनले बैंक, स्टक, बीमा आदि क्षेत्रमा खुलालाई विस्तार गर्ने, दोस्रो, उत्पादन तथा सेवा क्षेत्रमा विदेशी खुला गर्ने, तेस्रो, चीनले बौद्धिक सम्पत्ति सुरक्षा अझ बढाउने, चौथो, हामीले आयातलाई अझ विस्तार गर्ने जानकारि दिनुभयो।

जानकारी तथा लेखहरु