फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दाभोस मञ्चका सहभागीहरुबाट चीनको आर्थिक नीतिको सकारात्मक मूल्यांकन

(GMT+08:00) 2018-01-25 18:05:01

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रीय समिति आर्थिक विभागका प्रमुख लिउ हले विश्व आर्थिक मञ्चको 48औं वार्षिक सम्मेलनमा सहभागी हुनुका साथै चीनको आर्थिक नीतिबारे सम्वोधन पनि गर्नुभयो।

प्रमुख लिउ हले चीनले चौतर्फी रुपमा वैदेशिक खुलापन जारी राखेको बताउनुभयो। सोबारे संयुक्त अरब इमिरेट्स परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सहायक मन्त्री मोहम्मद शाराफले चीनको खुलापन आर्थिक नीति चीनको विकासका लागि मात्रै हितकर नभएर विश्वकै लागि पनि फलदायी भएको बताउनुभयो।

प्रमुख लिउले यस वर्ष चीनको सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सव भएको जानकारी गराउँदै विगत ४० वर्षभित्र चीनको आर्थिक क्षेत्रको द्रूत विकासको मुख्य कारण खुलापन तथा सुधार भएकाले आगामी दिनमा सुधार तथा खुलापनबाट चीनको आर्थिक उच्च गुणस्तरीय विकास गर्ने बताउनुभयो। सो बारे अमेरिका डब्लुआई हार्पर ग्रूपका अध्यक्ष लिउ यु ह्वानले सुधार तथा खुलापनबाट चीनको विकासमा नयाँ मौका देखिएको विश्लेषण गर्नुभयो।

जानकारी तथा लेखहरु