फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल भोकमरीको सूचीमा १७औँ स्थानमा

(GMT+08:00) 2018-01-26 13:29:38

विश्वका १०८ देशमध्ये नेपाल भोकमरीको सूचीमा १७औँ स्थानमा रहेको छ। यो सूचीले खतराको सङ्केत त गर्दैन तर अवस्था गम्भीर नै रहेको छ, खाद्य विज्ञ डा. गणपति ओझाले कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो, नेपालको यो अवस्थाले खतराको घण्टी त बजाएको छैन तर सचेत हुन आवश्यक छ। '

राष्ट्रिय योजना आयोगले आयोजना गरेको निजी तथा सार्वजनिक क्षेत्रका विज्ञसँग खाद्य सुरक्षा र पोषण रणनीतिक समीक्षा विषयक कार्यशाला गोष्ठीमा डा. ओझाले नेपालमा २३ लाख मानिस कुपोषणका शिकार भएको र तीमध्ये १७ प्रतिशत महिला नै रहेको बताउनुभयो। प्रदेशगत आधारमा खाद्य सुरक्षा तथा कुपोषणको हिसाबले सबैभन्दा कमजोर अवस्थामा प्रदेश ६ रहेको छ भने प्रदेश एक, तीन र चार अरू प्रदेशको तुलनामा राम्रो अवस्थामा रहेको उहाँले बताउनुभयो।

देशका एक तिहाई बालबालिकाले मात्र न्यूनतम पोषणयुक्त खाना खाने गरेको, दुई तिहाइ बालबालिकाले पोषणयुक्त खाना नपाएको र सबैभन्दा कम पोषणयुक्त खाना मध्यम परिवारका बालबालिकाले खानेको गरेको उल्लेख गर्दै डा. ओझाले बरू मध्यम परिवारभन्दा गरिब परिवारका बालबालिकाले बढी पोषणयुक्त खाना खाएको एक अध्ययनले देखाएको बताउनुभयो।

गोरखापत्र अनलाइनका अनुसार धनी परिवारका ५०, गरिब परिवारका ३० र मध्यम परिवारका २३ प्रतिशत बालबालिकाले मात्र पोषणयुक्त खाना खाएको उहाँले उल्लेख गर्नुभयो। मधेसका अधिकांश जिल्लामा उत्पादन भएको खद्यान्नले त्यहीँका जनतालाई नपुगेको उल्लेख गर्दै उहाँले खाद्यान्नको अभावका कारण भोकमरी र कुपोषण भएको बताउनुभयो।

जानकारी तथा लेखहरु