फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा सूचना प्रविधि मेला

(GMT+08:00) 2018-01-26 13:30:43

२४औं संस्करणको क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सुरू भएको छ। सूचना र प्रविधिका क्षेत्रमा भएका नयाँ प्रयोगबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको क्यान महासंघका उपाध्यक्ष नवराज कुँवरले जानकारी दिनुभयो।

६ दिनसम्म चल्ने मेलामा अवलोकनकर्ताले आफूलाई आवश्यक परेको सूचना प्रविधिसम्बन्धी सामग्री छुटसहित खरिद गर्नसक्ने व्यवस्था गरिएको सेतोपाटी अनलाइनले जनाएको छ। यसपटकको प्रदर्शनीमा ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिने आयोजकले जनाएको छ।

जसअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित द्रूत गतिको इन्टरनेट प्रमुख आकर्षण बन्नेछ। साथै टेलिफोन तथा मोबाइल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आएका छन्। बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीहरूमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा राखेका छन्।

नयाँ प्रविधिमा आधारित मोबाइल फोन, टयाबलेट तथा अन्य उपकरणहरु प्रदर्शनीमा उपलब्ध छन्। हाइ स्पिडको इन्टरनेटको अपत्यारिला अफरहरु अवलोकनर्ताहरुले पाउनेछन्। यसैगरी स्मार्टफोन, राउटर, सिसिटिभीका फरक र आकर्षक मोडलहरुले अवलोकनर्तालाई लोभ्याउने छ। सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभूत पूर्वाधारसम्बन्धी जानकारी यस प्रदर्शनीमा रहेको छ। क्यान इन्फोटेक २०१८ मा एक दिन बिजनेस डे मनाउने चलन छ।

जानकारी तथा लेखहरु