फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका नयाँ विदेशसचिवलाई चीनको शुभकामना

(GMT+08:00) 2018-01-31 18:08:59

चीनका लागि पूर्व भारतीय राजदूत विजय केशव गोखले भारतका विदेश सचिवमा नियुक्त हुनु भएको छ। त्यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले आज जनवरी 31 तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँलाई शुभकामना दिनु भएको छ।

प्रवक्ता ह्वाका अनुसार, केही वर्षदेखि चीन र भारतका कुटनैतिक निकायले राष्ट्रनायकको सहमतिबमोजिम द्बीपक्षीय सम्बन्धको विकास गर्दैआएका छन्। यस्तो राम्रो सहयोगात्मक सम्बन्ध निरन्तर रुपमा कायम राखिने र सबल पारिने आशा चीनले गरेको छ। चीनले भारतसँग शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तको निर्देशनमा राजनीतिक विश्वास र हितकर सहयोगलाई सबल पार्नुका साथै मतभेद हटाएर उचित मार्गमार्फत सम्बन्धको विकास गर्ने इच्छा लिएको छ।

जानकारी तथा लेखहरु