फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा आधुनिक अर्थतन्त्र प्रणालीको महत्वपूर्ण पहिचान गर्नुपर्ने कुरामा जोड

(GMT+08:00) 2018-01-31 18:14:38

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोले हिजो जनवरी तीस तारिख दिउँसो आधुनिक अर्थतन्त्र प्रणालीको निर्माणबारे तेस्रो पटक सामूहिक बहस गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले यस पटकको बहसको अध्यक्षता गर्नुभएको छ।

सीले आधुनिकीकरण अर्थतन्त्र प्रणालीको निर्माण एक महत्वपूर्ण सैद्धान्तिक विषय भएको बताउँदै एक महत्वपूर्ण व्यावहारिक विषय रहेको बताउनुभयो। उहाँले आधुनिक अर्थतन्त्र प्रणालीको निर्माण देशको विकासको रणनीतिक लक्ष्य रहेकाले आर्थिक विकास पद्धति बदल्ने, आर्थिक बनौटलाई सुव्यवस्थित पार्ने र आर्थिक बृद्धि शक्ति मोड्ने माग हो भन्ने कुरामा जोड दिनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीले चीनको आर्थिक विकासलाई नयाँ भर्‍याङ चढ्दै अगाडि बढाउनुपर्ने कुरा पनि सीले बताउनुभयो।

जानकारी तथा लेखहरु