फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको व्यापार घाटा ६ महिनामै ५ खर्ब रुपैयाँ

(GMT+08:00) 2018-02-01 14:22:05
दैनिक उपभोग्य र विलासिताका सामग्रीहरूको आयात उच्च रहेकाले चालु आर्थिक वर्षको ६ महिनामा नेपालको व्यापार घाटा करिब ५ खर्ब रुपैयाँ पुगेको छ।

भन्सार विभागका अनुसार साउनदेखि पुसम्म (६ महिना) मा ४ खर्ब ९३ अर्ब ८८ करोड ८१ लाख ९० हजार रुपैयाँले व्यापार घाटा भएको हो। अघिल्लो वर्षको ६ महिनाको तुलनामा १५ दशमलव ५२ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ। गत वर्ष ४ खर्ब २७ अर्ब ५३ करोड ७ लाख ४९ हजार रुपैयाँ ६ महिनाको व्यापार घाटा रहेको कारोबार अनलाइनले लेखेको छ।

हालसम्मको तथ्यांकअनुसार यो वर्षको व्यापार घाटा १० खर्ब रुपैयाँ नाघ्ने निश्चित भएको छ। ६ महिनामा ५ खर्ब ३५ अर्ब ५ करो ५१ लाख ९८ हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन्। निर्यात भने ४१ अर्ब १६ करोड ७० लाख ७ हजार रुपैयाँको मात्रै भएको छ। तथ्यांकअनुसार आयात १५ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ। निर्यातको वृद्धि भने १३ दशमलव ७२ प्रतिशत मात्रै छ।

७८ अर्ब ८९ करोड रुपैयाँको इन्धन आयात भएको छ। सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ। भारतबाट ६ महिनामा ३ खर्ब ५१ अर्ब ४१ करोड १९ लाख ९० हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन्। निर्यात भने २३ अर्ब २६ करोड ६९ लाख ५१ हजार रुपैयाँ मात्र भएको भारतसँगको व्यापार घाटा ३ खर्ब २८ अर्ब १४ करोड ५० लाख ३८ हजार रुपैयाँ भएको हो।

दोस्रो बढी व्यापार घाटा हुने मुलुक चीन हो। चीनबाट ६७ अर्ब ८८ करोड ४० लाख ६१ हजार रुपैयाँको आयात भएको छ भने निर्यात भने १ अर्ब ५७ करोड ५६ लाख ९३ हजार रुपैयाँ मात्रै भएको छ। उक्त कारणले चीनतर्फको व्यापार घाटा भने ६६ अर्ब ३० करोड ८३ लाख ६८ हजार रुपैयाँ भएको विभागको तथ्यांकमा उल्लेख। चीनपछि व्यापार घाटा बढी हुने मुलुकहरूमा अर्जेन्टिना, इन्डोनेसिया, थाइल्यान्ड, भियतनामलगायत मुलुकहरू छन्।

व्यापार घाटा हुने मुलुकहरूमा प्राय: भारत र चीन पहिलो देस्रो देखिए पनि तेस्रो र चौथो मुलुकहरू भने फरकफरक हुने गरेका छन्। आयात तथा निर्यातबाट सरकारले हालसम्म १ खर्ब २९ अर्ब ७६ करोड ९५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सर महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क शीर्षकबाट सरकारले उक्त राजस्व उठाएको हो। यही रकमभित्र निर्यात राजस्व रहे पनि उक्त रकम भने निकै न्यून छ।

६ महिनामा १ सय ३९ मुलुकहरूसँग व्यापारिक कारोबार भएको हो। यसमध्ये २४ मुलुकमा नेपालले आयातभन्दा बढी निर्यात गर्न सफल भएको छ। यी मुलुकहरूसँग भएको व्यापारको अंक भने निकै सानो छ। २९ वटा मुलुकसँग १ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा भएको छ।

विगतका महिना तथा वर्षहरूको तथ्यांकसँग तुलना गर्दा निर्यात बढी हुने मुलुकहरूको संख्या क्रमश: बढ्दै गएको छ। निर्यात वृद्धिदर कम र आयात वृद्धिदर भने ठूलै अनुपातमा बढ्दै गएको देखिन्छ। यो तथ्यांकले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले नीतिगत रूपमा गरेका कार्यक्रम बिफल हुँदै गएको देखिन्छ।

स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको हो। सरकारले व्यापार घाटा कमगर्न समयसमयमा थुप्रै नीतिगत प्रयासहरू गरे पनि उपलब्धि भने हासिल हुन सकेको छैन। सरकारले सुधारका प्रयासहरू सार्वजनिक गर्ने गरेको छ।

वार्षिक विकास कार्यक्रम बजेट, नीति तथा कार्यक्रम तथा अन्य सरोकारवाला मन्त्रालयहरूले घाटा कम गर्ने उपाय भन्दै वर्षैपिच्छे नयाँनयाँ नारा सार्वजनिक गर्छन्। ती कार्यक्रमको प्रभावकारिता र अनुगमन भने सधैँ फितलो हुने गरेको छ। व्यापार घाटा कम गर्न भन्दै सरकारलेएक दशकअघिबाट व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र स्थापना गरेको छ। मुलुककोनिर्यात सम्भावना भएका उत्कृष्ट वस्तुहरूको सूची तयार पारी निर्यात र प्रवद्र्धनात्मक कार्यक्रमसमेत भइरहेका छन्। बेलाबेलामा सार्वजनिक तथ्यांकले तुलनात्मक लाभका वस्तुको निर्यातको अवस्थासमेत निराशाजनक रहेको देखाउँछ।

जानकारी तथा लेखहरु