फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवन राष्ट्रिय निकुन्जमा ६ महिनामा १७ गैँडा मरे

(GMT+08:00) 2018-02-01 14:40:09

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन्। तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका अनलाइन खबरले लेखेको छ। शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो।

निकुञ्ज क्षेत्रमा तीन र वन क्षेत्रमा एक गरी चार गैँडा बाढीका कारण मरेका हुन। अर्यालकाअनुसार बाढीले दुईवटा र बाघले खाएर एउटा बच्चा मरेका छन्। ५० वर्ष आयु हुने भए पनि ३० वर्ष कटेपछि गैँडा कमजोर हुँदै जाने गर्दछ। बुढो भएर मरेका अधिकांश गैँडा ३०/३५ वर्ष कटेका रहेका छन्। गत आर्थिक वर्षमा कालगतिले २५ वटा गैँडा मरेका थिए।

सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा ६ सय ५ वटा गैँडा रहेका थिए। सो पश्चात बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँडा स्थानान्तरण गरिएको छ। गएको साउनको अन्तिम साता आएको बाढीका कारण बगाएका १० वटा गैँडाको उद्धार गरिएको थियो। त्यतिबेला बाढीले घाँसेमैदान नष्ट गरेपछि निकुञ्जमा रहेका गैँडा समस्यामा परेका थिए।

जानकारी तथा लेखहरु