फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली र बेलायती प्रधानमन्त्री थेरेसाबीच भेटवार्ता

(GMT+08:00) 2018-02-01 15:14:26

चीनका प्रधानमन्त्री ली ख छ्याङले जनवरी 31 तारिख दिउँसो जन वृहत सभा भवनमा चीन भ्रमणमा रहनुभएकी बेलायती प्रधानमन्त्री थेरेसा मइसँग भेटवार्ता गर्नुभएको छ।

ली ख छ्याङले चीन र बेलायतको सम्बन्ध धेरै वर्षदेखि चीन र पश्चिमी मुलुकहरूबीचको सम्बन्धको अग्रस्थानमा रहेको बताउँदै सन् 2015 मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बेलायतको सफलताका साथ भ्रमण गर्नुभएको र सो अवधिमा दुई मुलुकले 21औं शताव्दीतर्फ उन्मुख हुने विश्वव्यापी चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको सिर्जना गर्ने कुराको घोषणा गरेका कुरा उल्लेख गर्नुभयो। व‍र्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा चीन र बेलायतको सम्बन्धमा चीनले निरन्तर महत्व दिँदै आएको पनि लीले पनि व्यक्त गर्नुभयो।

बेलायती प्रधानमन्त्री मइले चीनका राष्ट्राध्यक्ष सी चिन फिङको बेलायतको सफल भ्रमणले दुई मुलुकको सम्बन्धको सुनौलो युग शुरु गरेको कुरा व्यक्त गर्नुका साथै यस पटकको भ्रमणमार्फत सुनौलो युगमा प्रवेश भएको बेलायत र चीनको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई उकास्ने आशा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु