फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018 को वसन्त चाडका लागि परिवहन तथा यातायात सुरु

(GMT+08:00) 2018-02-01 15:58:55

आज फेब्रुअरी एक तारिखदेखि सन् 2018 को वसन्त चाडका लागि परिवहन तथा यातायात औपचारिक रुपमा सुरु भएको छ। आगामी चालीस दिनमा चीनभरि लगभग तीन अर्ब यात्रुले यातायात गर्ने अनुमान छ।

वसन्त चाडका लागि परिवहन तथा यातायात गत शताब्दीको 70 औँ दशकदेखि सुरु भएको हो। चीनमा सुधार र खुलापनका साथै धेरै मान्छेहरु बाहिर काम गर्ने अथवा पढ्नका लागि आफ्नो घरभन्दा टाढा रहने गर्दछन्। यस्ता मान्छेले परम्परागत रीतिरिवाजबमोजिम जन्मथलो फेर्केर परिवारसँग वसन्त चाड मनाउने गर्दछन्। चाड मनाउन आफ्नो जन्मथलो फर्कने मानिसहरुको आवतजावत नै विश्वकै सबैभन्दा विशाल र दुर्लभ जन प्रवाह बन्ने गरेको छ।

सन् 2012 देखि हरेक वर्ष वसन्त चाडमा यात्रा गर्ने मान्छेको संख्या लगभग तीन अर्ब रहने गर्दछ।

1  2  3  4  
जानकारी तथा लेखहरु