फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका सबै जिल्ला तथा गाउँमा न्यूनतम मापदण्ड पूरा

(GMT+08:00) 2018-02-01 16:39:13

अहिले चीनका सबै जिल्ला तथा गाउँका बासिन्दाको न्यूनतम जीवन मापदण्ड राष्ट्रिय गरीबी स्तरमा पुगेको वा त्यो भन्दा बढी भएको छ। सन् 2016 को तुलनामा सन् 2017 मा चीनका शहर तथा ग्रामीण क्षेत्रमा न्यूनतम् जीवन मापदण्ड क्रमशः 9.4 र 14.9 प्रतिशत बेढेको छ।

चिनियाँ नागरिक मामिला मन्त्री ह्वाङ्ग शु स्यानले आज फेब्रुअरी एक तारिख पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, गत वर्ष प्रकोपको उद्धार, संक्रमण अवधिमा जीवनको उद्धार, ध्वस्त आवसको पुनःनिर्माण र प्रकोपमा परी मृतकका परिवारका लागि राहत रकममा केन्द्रीय राहतको मापदण्ड पनि धेरै उकासिएको छ।

चीनले सन् 2020 सम्म सबै गरिब जनसंख्यालाई विपन्नबाट उकास्ने योजना सार्वजनिक गरेको छ। भविष्माय गृह मामिलामा चीनले तिब्बत, स छ्वान प्रान्तीय तिब्बती बसोबास क्षेत्र, युगुर स्वायत प्रदेशको दक्षिणी भाग लगायतका अति गरिब क्षेत्रका लागि पूँजी, योजना तथा नीतिद्बारा सहयोगलाई सबल पार्नेलगायतका कार्यको चर्चा मन्त्री ह्वाङ्गले गर्नुभएको छ।

जानकारी तथा लेखहरु