फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई अधिवेशनमा चिनियाँ तथा विदेशी पत्रकारलाई स्वागत

(GMT+08:00) 2018-02-01 18:22:53

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशन र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन क्रमशः आगामी मार्च पाँच तारिख र तीन तारिख पैचिङ्गमा सुरु हुने छन्। राष्ट्रिय जन काँग्रेसको स्थायी समिति कार्यालय र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन कार्यालयले दुई अधिवेशनको समाचार सम्प्रेषण गर्नका लागि चिनियाँ तथा विदेशी पत्रकारलाई स्वागत गर्ने बताएका छन्।

दुई अधिवेशनको समाचार सङ्कलनका लागि पत्रकारको दर्ता यही फेब्रुअरी 25 तारिखसम्म हुनेछ।

दुई अधिवेशनका प्रेस केन्द्रको वेवसाइटले सम्वाददाताका लागि सूचना प्रदान गर्नेछ।

तेह्रौं राष्ट्रिय जन कंग्रेसको पहिलो अधिवेशनको प्रेस केन्द्रको वेवसाइट- http://www.npc.gov.cn/pc/13_1 हो भने चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको प्रेस केन्द्रको वेवसाइट http://www.cppcc.gov.cn हो।

जानकारी तथा लेखहरु