फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष र बेलायतका प्रधानमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2018-02-01 20:00:28

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज फेब्रुअरी 1 तारिख चीन भ्रमणमा रहनु भएका बेलायती प्रधानमन्त्री थेरेसा मेयसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले प्रधानमन्त्री मेयसँग बेलायती रानीसमक्ष आफ्नो हार्दिक बढाइ र शुभकामना हस्तान्तरण गर्न अनुरोध गर्नुभएको छ। उहाँका अनु्सार, दौत्य सम्बन्धको स्थापनादेखि दुई देशको सहयोगमा धेरै उपलब्धि हासिल भएका छन्। सन् 2015 मा राष्ट्राध्यक्ष सीले सफलताका साथ बेलायतको भ्रमण गर्नुभयो। दुवै राष्ट्र अहिले सम्बन्धको सुनौलो कालमा छन्। चीनले बेलायतसँग नयाँ कालमा सम्बन्धको स्वस्थ विकासलाई अगाडि बढाउने इच्छा लिएको छ।

प्रधानमन्त्री मेयले सीलाई बेलायती रानीको हार्दिक बढाइ हस्तान्तरण गर्नुभएको छ। बेलायत र चीनको सम्बन्धबारे राष्ट्राध्यक्ष सीको मूल्याङ्कनलाई उहाँले समर्थन गर्नुभएको छ। कयौँ विश्वव्यापी मामिलामा बेलायतले चीनको जस्तै धारणा बनाएर अन्तर्राष्ट्रिय मामिलामा चीनको महत्वपूर्ण भूमिकामाथि महत्व दिएको छ। दुई देशले "बेल्ट एण्ड रोड"सम्बन्धी सहयोगमा विश्वव्यापी तथा क्षेत्रीय आर्थिक विकासलाई घच्घच्याउने आशा उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु