फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडको यात्रा सुरु भएको पहिलो दिन व्यवस्थित यातायात

(GMT+08:00) 2018-02-02 15:33:43

हिजो फेब्रुअरी एक तारिखदेखि सन् 2018 को वसन्त चाडका लागि चालीस दिने परिवहन तथा यातायात औपचारिक रुपमा सुरु भएको छ। यो अवधिको पहिलो दिनको यातायात सन्चालन सुरक्षित र स्थिर हुनुका साथै व्यवस्थित रहेको छ।

चिनियाँ रेलवेअन्तर्गत वितरण विभागका उप्रमुख च्याङ्ग छाइ छुनका अनुसार, यो वर्ष वसन्त चाडका लागि परिवहन तथा यातायातको अवधिमा लगभग 39 करोड यात्रुले रेलवेद्बारा यातायात गर्ने अनुमान छ। यो संख्या गत वर्षको तुलनामा 5.5 प्रतिशतले वृद्धि भएको छ। सो अवसरमा चिनियाँ रेलवेले निर्धारित 7 हजार 6 सय 38 यात्रुवाहक रेलमा 4 सय 28 रेल थप गरेको छ।

जानकारी तथा लेखहरु