फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली दूताबासमा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम

(GMT+08:00) 2018-02-02 16:03:08

सन् 2018 मा नेपालको पर्यटन प्रबर्द्धन गर्न, चीनका लागि नेपाली राजदूतावासले आज फेब्रअरी दुई तारिख चिनियाँ पर्यटन व्यवसायीहरुसँग एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। नेपाल संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, चिनियाँ राष्ट्रिय पर्यटन व्यूरो, विश्व पर्यटन लिगका सम्बन्धि व्यक्ति तथा थुप्रै चिनियाँ पर्यटन व्यवसायीहरु सो अन्तर्क्रिया कार्यक्रममा सहभागी थिए।

राजदूत पौड्यालले कार्यक्रममा सन् 2017 मा चीनको सम्बन्धित विभागको समर्थन र सहयोगमा नेपाली राजदूतावासले नेपालको पर्यटन प्रवर्द्धनका थुप्रै कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो। सन् 2015 मा नेपालको पर्यटन क्षेत्रलाई भूकम्पले असर पारेको चर्चा गर्दै नेपालले अनुमान गरेकोभन्दा कम संख्यामा चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेको बताउनुभयो। यस प्रकारका कार्यक्रमबाट चिनियाँ पर्यटन व्यवसायीको सुझाव र सल्लाहको अपेक्षा गरेको पनि उहाँले बताउनुभयो।

नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले सन् 2017 को अगस्टमा चिनियाँ सञ्चारकर्मीको एउटा टोलीले नेपालको भ्रमण गरेर नेपालको पर्यटन सम्बन्धी सामग्री सङ्कलन गरी चिनियाँ संचार माध्यममा संप्रेषण गरिएको र यसबाट नेपाली पर्यटनको प्रभाव विस्तार भएको बताउनुभयो। यो वर्ष पनि नेपाल सरकारले उस्तै कार्यक्रमको आयोजना गर्ने र नेपालको पर्यटन उद्योगका लागि चीन एउटा बिशाल बजार भएकाले अझै बढी चिनियाँ पर्यटकलाई आकर्षित गर्ने नीति सरकारले अगाडि सारेको मन्त्री देवले बताउनुभयो।

चिनियाँ युवा पर्यटन एजेन्सी, पैचिङ युवा पर्यटन एजेन्सी लगायतका थुप्रै चिनियाँ पर्यटन व्यवसायीहरुले पर्यटनलाई अझ सस्तो बनाउन, प्रत्यक्ष उडानको व्यवस्था गर्न, चिनियाँ संचारमाध्यममा नेपाली पर्यटनका सामग्री प्रसारणलाई विस्तृत बनाउन, पूर्वाधार निर्माणलाई सबल पार्न आदि सुझाव दिएका छन्।

जानकारी तथा लेखहरु