फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको नयाँ बजेट पूर्वाधारमा केन्द्रित

(GMT+08:00) 2018-02-02 17:54:06

भारतीय अर्थ मन्त्री अरुण जेटलीले हिजो फेब्रुअरी एक तारिख संसदसमक्ष आर्थिक वर्ष 2018-2019 का लागि बजेट पेश गर्नुभएको छ। नयाँ बजेटले भारतको कृषि, चिकित्सा, रेलआदि आधारभूत प्रबन्धमाथि ध्यान दिएको छ।

नयाँ बजेटअनुसार, भारत सरकारले ग्रामीण क्षेत्रको आधारभूत प्रबन्धको निर्माणमा केही अर्ब अमेरिकी डलर लगानी गर्नेछ। साथै भारत सरकारले रेल सञ्जालको निर्माणमा केही अर्ब अमेरिकी डलर छुट्याएको छ।

नयाँ बजेटले दश करोडभन्दा बढी गरिब परिवारका लागि चिकित्सासेवा सुनिश्चित गर्ने योजना सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु