फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्यालेष्टाइन-इजरायल शान्ति वार्तामा नयाँ प्रणाली स्थापना गर्न प्यालेष्टाइनको आह्वान

(GMT+08:00) 2018-02-03 16:04:24

प्यालेष्टाइनले धेरै वर्षसम्म स्थगित भैरहेको प्यालेष्टाइन-इजरायल शान्ति वार्ता अघि बढाउनको लागि बहुपक्षीय नयाँ प्रणाली स्थापना गर्न आह्वान गरेको छ। प्यालेष्टिनी राष्ट्रियभवनका प्रवक्ता नबील अबु रदैनाहले फेब्रुअरी २ तारिख एउटा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त आव्हान गर्नु भएको हो।

प्रवक्ता नबीलले शान्ति वार्ता पुनर्स्थापन गर्ने इच्छा प्यालेष्टाइनसँग भएको पनि औँल्याउनुभएको छ। हालै इजरायल तथा अमेरिकी संचारमाध्यमले शान्ति वार्ता गर्ने इच्छा प्यालेष्टिनी राष्ट्रपति अब्बाससँग नभएको भनाइ गैर-जिम्मेवार भएको पनि उहाँले दाबी गर्नुभएको छ। नबीलले अगाडि भन्नुभएको छः प्यालेष्टाइन र इजरायल दुवै मुलुकले 'दुई मुलुक प्रस्ताव'लाई स्वीकार गर्नु नै सो शान्ति वार्ताको पूर्वाधार हो र जुसुकै बाह्य शक्तिले दबाव दिएर प्रस्तुत गरेको प्रस्तावको आवश्यकता रहेको पुष्टि भएको छ।

जानकारी तथा लेखहरु