फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 'सी चिनफिङः चीनको शासन व्यवस्था' दोस्रो भाग १३० लाख प्रति प्रकाशित

(GMT+08:00) 2018-02-03 16:05:35

जनवरी २ तारिखसम्म विश्वका विभिन्न भाषामा प्रकाशित 'सी चिनफिङः चीनको शासन व्यवस्था' दोस्रो भागको संख्या १३० लाख पुगेको चिनियाँ विदेशी भाषा व्यूरोका उप प्रमुख लु छाइ रोनले जनाउनुभएको छ।

२ तारिख क्यूबामा आयोजित चिनियाँ पुस्तक केन्द्रको उद्धाटन समारोहमा चिनियाँ विदेशी भाषा व्यूरोका उप प्रमुख लुले सो किताब सन् २०१७ को नभेम्बर ७ तारिख प्रकाशनमा ल्याएयता अन्तर्राष्ट्रिय समाजको व्यापक नजर तानिरहेको जानकारी दिनुभएको छ। यो किताबको फ्रान्सेली, जर्मन, रूसी, जापानी, अरबेली तथा पोर्जुगली भाषामा अनुवाद भइरहेको बताइएको छ। गत वर्षको नभेम्बर २७ तारिख चिनियाँ विदेशी भाषा व्यूरो तथा नेपाल लगायतका १६ मुलुकका प्रकाशन संस्था बीच यो किताबको अनुवाद तथा प्रकाशन समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

प्राप्त जानकारी अनुसार, क्यूबा चिनियाँ पुस्तक केन्द्र पोल्याण्ड, थाइल्याण्ड, नेपाल, स्विजल्याण्ड तथा बीरूपछि विश्वमा स्थापित छैटौँ चिनियाँ पुस्तक केन्द्र हो।

जानकारी तथा लेखहरु