फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्यालेष्टिनी मुक्ति संगठनको कार्यकारी समितिद्वारा इजरायलसँगको सम्पूर्ण सम्पर्क रोक्न सरकारलाई आग्रह

(GMT+08:00) 2018-02-04 14:50:49

प्यालेष्टिनी मुक्ति संगठनको कार्यकारी समितिले हिजो फेब्रुअरी तीन तारिख राति आफ्नो केन्द्रीय समितिको निर्णय-प्रस्तावलाई व्यवहारमा उतार्ने निर्णय गरेको र प्यालेष्टाइन सरकारलाई इजरायलसँगको सम्पर्क तुरुन्तै पूर्ण रुपमा रोक्न आग्रह गरेको छ।

सोही दिन राति प्यालेष्टिनी मुक्ति संगठनको कार्यकारी समितिले रामल्लाहस्थित राष्ट्रपति भवनमा बैठकको आयोजना गरेको छ। उक्त बैठकलाई प्यालेष्टिनी राष्ट्रपति महमोद अब्बासले अध्यक्षता गर्नु भएको थियो। उक्त बैठकपछि प्रकाशित गरिएको विज्ञाप्तिअनुसार, कार्यकारी समितिले उच्च स्तरीय समिति गठन हुने र उक्त उच्च स्तरीय समितिले सरकारलाई इजरायलसँग राजनीति, व्यवस्थापन, अर्थतन्त्र, सुरक्षा क्षेत्रको सम्पर्क तुरुन्तै र चौतर्फी रुपमा रोक्न ताकिता गर्ने निर्णय गरेको छ।

उक्त विज्ञप्तिले प्यालेष्टिनी जनताको अधिकार र देशको हित उल्लंघन गर्न नसकिने, अमेरिकी सरकारले उक्त समस्यामा प्यालेष्टाइनलाई त्रास-धम्की दिन नपर्ने कुरामा जोड दिएको छ।

जानकारी तथा लेखहरु