फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको आणविक अवस्थाको समीक्षा प्रतिवेदन बारे चीनको प्रतिक्रिया

(GMT+08:00) 2018-02-04 15:25:13

चीनको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता रन को छ्याङले आज फेब्रुअरी चार तारिख अमेरिकाले "आणविक अवस्थाको समीक्षा प्रतिवेदन" सार्वजनिक गरेको कुराबारे चर्चा गर्नुभएको छ। उहाँले पैचिङ समय अनुसार हिजो फेब्रुअरी तीन तारिख अमेरिकी प्रतिरक्षा मन्त्रालयले "आणविक अवस्थाको समीक्षा प्रतिवेदन" सार्वजनिक गरेको उल्लेख गर्दै अमेरिकाले चीनको विकास विचारमा गैर जिम्मेवार रुपमा अनुमान गरेको बताउनु भएको छ। अमेरिकाले चीनको आणविक शक्तिको त्रास-धम्कीको मूल्यांकन गरेको र चीनले यसको दृढताका साथ विरोध गरेको कुरा पनि उहाँले औँल्याउनु भएको छ।

प्रवक्ता रनकाअनुसार, चीन शान्तिपूर्ण विकास बाटोमा अडिग रुपमा लागिरहेको छ। जुनसुकै बेला र जुनसुकै अवस्थामा सर्वप्रथम आणविक हतियारको प्रयोग नगर्ने नीति चीनले अक्षरशःपालना गरिरहेको छ। आणविक हतियारको विकास क्षेत्रमा चीनले संयम धारणा लिइरहेको र आफ्नो आणविक शक्तिलाई राष्ट्रिय सुरक्षामा चाहिने न्यूनतम स्तरमा कायम राखिरहेको उहाँले बताउनुभयो।

उहाँले शान्ति तथा विकास विश्वको प्रवाह हो भन्दै अमेरिका विश्वको सबैभन्दा ठूलो आणविक हतियार भण्डार रहेको मुलुक भएको बताउँदै अमेरिकाले शीत युद्धको विचारलाई त्याग्ने र चीनको रणनीतिक विचारबारे सही रुपमा जानकारी लिने आशा चीनले लिएको कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु