फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तरी हिन्द महासागरमा चीन तथा पाकिस्तानको पहिलो संयुक्त स्थलगत अध्ययन पूरा

(GMT+08:00) 2018-02-04 15:35:35

हिजो फेब्रअरी ३ तारिख चिनियाँ तथा पाकिस्तानी बैज्ञानिकहरूले गरेको उत्तर हिन्द महासागरको पहिलो संयुक्त स्थलगत अध्ययन सफलताका साथ पूरा भएको छ। संयुक्त अध्ययन टोलीले चिनियाँ विज्ञान प्रतिष्ठानको नान हाइ समुद्र अनुसन्धानालयको बैज्ञानिक अध्ययन जहाजमार्फत मेक्रेन टेन्च ( समुद्री खाडल)बाट पाकिस्तानको कराँची फर्किएको छ।

सो स्थलगत अध्ययनको अवधिमा दुई देशका बैज्ञानिकहरूले मेक्रेन टेच भन्ने समुद्री क्षेत्रमा दिनरातभरि अध्ययन गरेर यसै समुद्री क्षेत्रको भौगोलिक, समुद्री रासायनिक तथा जीव सामग्री र नमूनाको संकलन गरेका छन्। जसबाट समुद्री बैज्ञानिक सहयोग क्षेमा दुई देश बीचको सहयोगलाई बढाउन बलियो जग बसालेको विश्वास गरिएको छ। यस अध्ययनमा हासिल गरिएका नमूनाहरू तथा तथ्याङ्क भविष्यमा इतिहासमा भएका ठूला भूकम्प तथा समुद्री लहर घटनाहरूबारे जान्ने काममा प्रयोग गरिने बताइएको छ।

पाकिस्तानी राष्ट्रिय समुद्री अनुसन्धानालयको निमन्त्रणामा सो संयुक्त अध्ययन टोलीले बसेको जहाज सन् २०१७ को डिसेम्बर ३० मा चीनको क्वाङचौबाट मेक्रेन टेन्चतिर प्रस्थान गरेको थियो।

1  2  3  4  
जानकारी तथा लेखहरु