फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर हुन अझै समय लाग्ने

(GMT+08:00) 2018-02-05 16:11:22
       स्वदेशी उद्योगबाट उत्पादन हुने औषधिको संख्या एक हजार नाघेको छ । अझै करिब १५ हजारभन्दा बढी ब्रान्डका औषधि विदेशबाट आयात हुँदै आएका छन्। यस तथ्यांकले जीवनदायिनी सामग्रीमा आत्मनिर्भरताको गन्तव्य निकै टाढा रहेको संकेत गर्छ। औषधि उत्पादक स्वदेशी उद्योग करिब ५२ वटा छन्, जसबाट सामान्य ज्वरो, रुघाखोकीदेखि पेट, मुटु, मधुमेह, नशा, मानसिक रोगलगायत गम्भीर रोगीका लागि अत्यावश्यक औषधि उत्पादन हुन्छन् । थप ६ वटा उद्योग सञ्चालनको तयारीमा छन्।

       क्यान्सरविरुद्ध प्रयोग हुने औषधि उत्पादन छिट्टै थाल्ने योजनामा छन्, स्वदेशी उद्योग। एक मात्र सरकारी उद्योग नेपाल औषधि लिमिटेडले २४ वैशाखदेखि उत्पादन थालेको छ, जुन आर्थिक वर्ष ०६५/६६ देखि बन्द थियो । बजेटको हिसाबबाट भने नेपाल औषधिमा करिब ४५ प्रतिशतले आत्मनिर्भर देखिन्छ। स्वदेशी उत्पादन वार्षिक करिब १६ अर्ब रुपैयाँबराबरको छ भने आयात करिब २० अर्ब रुपैयाँको । औषधिको अर्थतन्त्र कुल ३६ अर्ब रुपैयाँबराबरको छ।

       नेपाल औषधि आयातकर्ता संघका अनुसार भारत र तेस्रो मुलुकबाट नेपालमा औषधि भित्रिन्छन् । तिनको प्रकारलाई छाडेर बजेटलाई मात्र आत्मनिर्भरताको मानक मान्न नहुने जानकारहरु बताउँछन् । हाल स्वदेशी उत्पादनबाट ५० प्रतिशत आत्मनिर्भर रहेको औषधि उत्पादक संघका महासचिव प्रज्वलजंग पाण्डेको दाबी छ । अनलाइनखबरका अनुसार नेपाली उद्योगलाई औषधिको एउटा प्रकारको उत्पादन थाल्न डेढदेखि दुई वर्ष लाग्छ।

जानकारी तथा लेखहरु