फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाटे बाघ गणनाको कार्य सुरु

(GMT+08:00) 2018-02-05 16:11:56
        शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य सुरु गरिएको छ। निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो। बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताउनुभयो।

      'गणनाका लागि २६० जोर स्वचालित क्यामेरा जडान गरिएका छन्', उहाँले भन्नुभयो, 'निकुञ्ज भित्रका चार, जिल्ला वन कार्यालय अन्तर्गतका राष्ट्रिय वनका चार र डडेल्धुराको जोगबुढा चुरे क्षेत्रमा तीन ठाउँमा बाघ गणनाको कार्य हुनेछ।'

        गणना कार्य झण्डै बीस दिनसम्म चल्नेछ । सबै ठाउँमा एकै पटक बाघ गणनाको कार्य हुनेछ। यसका लागि ठाउँ–ठाउँमा प्राविधिकको टोली खटाइएको छ। डडेल्धुराको जोगबुढा क्षेत्रमा भने पहिलो पटक बाघ गणनाको कार्य हुन लागेको हो।

         गोरखापत्र अनलाइनका अनुसार बाघ गणना सँगै आहारा प्रजाजिका रुपमा रहेका जनावरको समेत सँगसँगै गणनाको कार्य हुने बताइएको छ। गत वर्षको गणनामा निकुञ्‍जमा १७ वटा बाघ फेला परेका थिए। बाघ गणना कार्यको शुभारम्भ आइतबार राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले गरेको थियो।

जानकारी तथा लेखहरु