फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018को पहिलो केन्द्रिय दस्तावेजबाट ग्रामीण पुनरोत्थान रणनीतिको तयारी

(GMT+08:00) 2018-02-05 16:22:25

       सुधार तथा खुलापनको नीति संचालन भए यताको बीसौँ तथा नयाँ शताब्दी यताको पन्ध्रौँ "कृषि उद्योग, किसान, ग्रामीण क्षेत्र" कार्यको निर्देशन गर्ने केन्द्रिय समितिको एक नम्बर दस्तावेज सिन्ह्वा समाचार समितिले सार्वजनिक गरेको छ। ग्रामीण क्षेत्रको पुनरोत्थान रणनीतिसम्बन्धी नयाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र राज्य परिषदको दृश्य शीर्षकको सो दस्तावेज ४ तारिख आधिकारिक रुपमा सार्वजनिक भएको हो र त्यसमा ग्रामीण क्षेत्रको पुनरोत्थान गर्ने रणनीतिको पालना गर्न चौतर्फी रुपमा निर्देशित गरिएको छ।

       पत्रमा ग्रामीण क्षेत्रको पुनरोत्थान रणनीति नै असल जीवनको लागि दिनदिनै चर्कँदैआएको जनताको माग र असन्तुलन तथा अपुग विकासबीचको विरोधाभाषको समाधान गर्ने आवश्यक चाहना भएको साथै द्वीशताब्दी लक्ष्य र समस्त जनताको साझा समृद्धिलाई व्यवहारमा उत्तार्ने आवश्यक चाहना भएको पनि उल्लेख गरिएको छ।

        पत्रले निश्चित गरेको ग्रामीण क्षेत्रको पुनरोत्थान रणनीतिको पालना गर्ने समय तालिका अनुसार, सन् 2020 सम्म ग्रामीण क्षेत्रको पुनरोत्थान कार्यबाट महत्वपूर्ण प्रगति भएर संस्थागत प्रारुप र नीतिगत प्रणाली आधारभूत रुपमा स्थापित हुने, सन् 2035 सम्म ग्रामीण क्षेत्रको पुनरोत्थान कार्यबाट निर्णायक प्रगति भएर कृषि उद्योग र ग्रामीण क्षेत्रको आधुनिकीकरण आधारभूत रुपमा व्यवहारमा उतारिने, सन् 2050 सम्म ग्रामीण क्षेत्रको पूर्ण रुपमा पुनरोत्थान भएर कृषि उद्योग विकास, ग्रामीण क्षेत्र सुन्दर र किसान धनी हुनेछन्।

जानकारी तथा लेखहरु