फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा रहेका तिब्बतीहरूद्वारा तिब्बती पात्रो अनुसार नयाँ वर्षको स्वागत

(GMT+08:00) 2018-02-06 15:45:12

तिब्बती पात्रोअनुसार कुकुर नयाँ वर्ष नजिकिँदै गरेको उपलक्ष्यमा नेपालमा बसोबासरत तिब्बती देशबन्धुका प्रतिनिधिहरुले स्थानीय नेपालीहरूसँग फेब्रुअरी पाँच तारिख काठमाडौंको ल्हासा घरमा नयाँ वर्षको स्वागत गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूतावासको सांस्कृतिक विभागका प्रमुख छ तान पाई मुले समारोहमा भाग लिनुभयो। उहाँले ल्हासा घरमा एउटा साँच्चै घरमा रहेको अनुभव हुनुका साथै नेपालमा बसोबासरत सबै तिब्बती देशबन्धुसमेत सबै चिनियाँ साथीलाई नव वर्षको शुभकामना पनि दिनुभयो।

पार्टीमा भाग लिएका चिनियाँ र नेपालीहरूले हिमालले आपसी मित्रतालाई छुट्याउन नसक्ने भन्दै सगरमाथाले दक्षिण र उत्तरतिर तिब्बती देशबन्धुबीचको भावनालाई पनि अलग्याउन नसक्ने बताए।

समारोहका संयोजक नेपाल थ्यान ली प्रकाशन कम्पनीले ल्हासा घरमा 'सुन्दर तिब्बत'को भिडियो प्रसारण गरेर नेपालमा बसोबासरत तिब्बती देशबन्धुद्वारा गठित ब्याण्डलाई निमन्त्रणा गरेर तिब्बती जातिय विशेषतायुक्त कार्यक्रम पनि प्रदर्शन गरेको छ। समारोहमा सहभागीहरूले एक-अर्काप्रति शुभकामना आदान प्रदान तथा तिब्बती खानेकुराको स्वाद लिएका छन्।

जानकारी तथा लेखहरु