फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीन वर्षभित्र ग्रामीण क्षेत्रको बस्ने वातावरण सुधार्ने चीनको योजना

(GMT+08:00) 2018-02-06 15:48:02

हाल चीनले सक्रियताका साथ रमणीय ग्रामीण क्षेत्रको निर्माण गरिरहेको छ। ग्रामीण क्षेत्रमा बसोबास वातावरणलाई सुधार गर्ने उद्देश्य रहेको एउटा दस्तावेज पाँच तारिख जारी गरिएको छ। सन् 2020सम्म ग्रामीण क्षेत्रमा बस्ने वातावरण स्पष्टसँग सुधार हुनुका साथै गाउँको वातावरण मोटामोटी रुपमा सफा र व्यवस्थित हुने र वातावरण तथा स्वास्थ्य सम्बन्धी किसानहरूको विचार पनि सवल हुने योजना त्यस दस्तावेजमा उल्लेख गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय र राज्य परिषद् कार्यालयले संयुक्त रुपमा सार्वजनिक गरेको सो दस्तावेजमा चीनको ग्रामीण क्षेत्रको बस्ने वातावरणको सुधारप्रति ध्यानाकर्षित देखिन्छ। उक्त दस्तावेजमा ग्रामीण क्षेत्रमा बसोवास वातावरण सुधार गर्ने तीनवटा मुख्य दिशा अर्थात् ग्रामीण क्षेत्रको फोहर वस्तु, फोहर पानीको बन्दोबस्त र समस्त गाउँ स्वरुपको सुधारलाई निश्चित पारिएको छ।

जानकारी तथा लेखहरु