फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नियमित बिजुली पाएपछि नेपालको औद्योगिक क्षमतामा ९ प्रतिशतले वृद्धि

(GMT+08:00) 2018-02-07 14:42:09

विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको औद्योगिक क्षमतामा ९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक वर्ष २०७३-७४ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७२-७३ भन्दा ९ दशमलव १ प्रतिशतले औद्योगिक क्षमतामा वृद्धि भएको पाइएको हो। त्यस वर्षमा औद्योगिक क्षमता ४८ दशमलव २ प्रतिशत रहेकामा २०७३-७४ मा ५७ दशमलव ३ प्रतिशतमा पुगेको बैंकले जनाएको छ।

ऊर्जा आपूर्तिमा सुधार भएको, बन्द हड्ताललगायतका आपूर्तिजन्य अवरोधमा कमी आएको, पुनःनिर्माण कार्यका कारण निर्माणजन्य सामग्रीको मागमा वृद्धि भएको तथा औद्योगिक श्रम सम्बन्धमा सुधार आएको बैंकले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका अनुसार सहज ऊर्जाको उपभोग नै औद्योगिक क्षमता बढ्नुको खास कारणका रुपमा पाइएको छ। नेपाल विद्युत् प्राधिकरणले घरायसी उपभोगका लागि २४सै घण्टा विद्युत् उपलब्ध गराए पनि औद्योगिक करिडोरमा भने गत वर्ष दैनिक चार घण्टा र यस वर्ष दैनिक तीन घण्टामात्रै विद्युत्भार कटौती गर्दै आएको छ।

कारोबार अनलाइनका अनुसार महासंघकी अध्यक्ष राणा उद्योगले २४सै घण्टा विद्युत् भए औद्योगिक क्षमता वार्षिक १५ प्रतिशतभन्दा बढी पुग्ने बताउनुभयो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरण उद्योगलाई बढीभन्दा बढी विद्युत् उपलब्ध गराउन प्रयासरत रहेको बताउनुभयो। उद्योगमा एक युनिट विद्युत् बराबर १०० बराबरको औद्योगिक क्षमता बढ्न जान्छ।

जानकारी तथा लेखहरु