फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सछ्वानको तिब्बत स्वशासित क्षेत्रको पहिलो पुलको अन्तिम इस्पात जडान

(GMT+08:00) 2018-02-07 18:21:24

अन्तिम इस्पात भाग सफलताका साथ जडान गरिएपछि सछ्वानको पश्चिमी भागको तिब्बत स्वशासित क्षेत्रमा अवस्थित या चाङ एक्सप्रेस राजमार्गको लु तिङ नदीमाथिको सिङ खाङ थ पुल सुचारु रुपमा जोडिएको सिन्ह्वा समाचार समितिले जनाएको छ। त्यसले सो पुल सन् 2018 को अगष्ट महिनामा औपचारिक रुपमा सञ्चालनमा आउन र सम्पूर्ण पुल सन् 2018 को अन्त्य हुनुअघि गाडी चल्नका लागि जग बसालेको छ।

या खाङ एक्सप्रेस राजमार्ग निर्माणाधीन मुख्य भूमिबाट तिब्बती क्षेत्रमा प्रवेश गर्ने नयाँ यातायात लाइन हो। जुन राजमार्ग स छ्वानको या आनबाट खाङ तिङसम्म चल्नेछ। त्यसको कुल लम्बाई एक सय पैंतीस किलोमिटर रहेको छ भने लु तिङ नदीमाथिको सिङ खाङ थ पुलको कुल लम्बाई एक हजार चार सय एघार मिटर रहेको छ। त्यसलाई स छ्वानको तिब्बत स्वशासित क्षेत्रको पहिलो पुल मानिएको छ।

जानकारी तथा लेखहरु